images

२०८३ आश्विन १९ गते

images
images
images

दशैंको फूलपातिमा आउने ‘बलिदान’को पोस्टरमा समीरको ‘एक्सन लुक्स’

दशैंको फूलपातिमा आउने ‘बलिदान’को पोस्टरमा समीरको ‘एक्सन लुक्स’

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । दशैंको फूलपातिमा रिलिज हुन लागेको फिल्म ‘बलिदान’को पोस्टर सार्वजनिक भएको छ । निर्माताले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै असोज १३ गते फिल्म प्रदर्शन तय गरेका हुन् ।

    images
    images

    शीर्ष अभिनेता समीर भट्टलाई चित्रण गरिएको दुई पोस्टरमा एक्सन भाव र सेटिङ प्रस्तुत छ । एउटा पोस्टरमा मुख्य पात्र शवले छरिएको मैदानबाट अघि बढ्दै गरेको देखिएका छन् । अर्को पोस्टरमा कालीमाताको भव्य मूर्तिअघि मुख्य पात्र त्रिशुल र खड्ग लिएर उभिएका छन् ।

    यो एक्सन र पलिटिकल ड्रामालाई सन्तोष सेनले निर्देशन गरेका हुन् । पोस्टर सार्वजनिक गर्दै सेनले फिल्मले जहाँसुकैको शोषण र शोषित वर्गको चित्रण गर्ने उल्लेख गरेका छन् । पोस्ट-प्रोडक्सन कार्य सुरु भएको र दशैंको आसपासमा सबै काम सकिने उनले जनाएका छन् ।

    images
    images

    चाँडै फिल्मको टिजर ल्याउने प्रतिबद्धता उनले जनाएका छन् । समीरका बुवा तथा अभिनेता विराज भट्टले पनि पोस्टर सेयर गरेका छन् । विराज निर्देशित ‘१२ गाउँ’बाट समीरले रजतपटमा डेब्यु गरेका थिए ।

    ४ महिना लगाएर फिल्मको छायांकन फागुन पहिलो साता सकिएको थियो । फिल्ममा समीरसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, कामेश्वर चौरसिया लगायतको अभिनय छ । दक्षिण भारतीय स्टन्डर सामले एक्सन कोरियोग्राफी गरेका छन् । फिल्ममा पवन ब्राडफोर्ड बिष्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्मातामा छन् ।

    २०८२ सालको दशैं असोज ६ गते (घटस्थापना)बाट सुरु हुँदैछ । असोज १३ गते सोमबारदेखि असोज १८ गते शनिबारसम्म (फूलपातिदेखि द्धादशीसम्म) दशैं बिदाको घोषणा सरकारले गरिसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend