images

२०८३ आश्विन २१ गते

images
images
images

नेपालमा बियरको खपत बढ्दा ६ महिनामै उठ्यो १७ अर्ब २५ करोड राजस्व

नेपालमा बियरको खपत बढ्दा ६ महिनामै उठ्यो १७ अर्ब २५ करोड राजस्व

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । नेपालमा बियरको खपत बढेको छ। 

    images
    images

    बियरबाट सरकारलाई ६ महिनामा १७ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको हो। 

    नेपाली उद्योगले नै उत्पादन गर्ने बियरको खपत ६ महिनामै ३८.३१ प्रतिशतले बढेको हो। 

    images
    images

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष बियर, मदिरा, सुर्तीजन्य पदार्थको उत्पादन बढेको छ। 

    गत वर्ष साउनदेखि पुस मसान्तसम्म १२ अर्ब ४७ करोड रुपैयाँ अन्तःशुल्क उठेकोमा करिब ५ अर्ब बढी राजस्व संकलन भएको थियो। मदिरातर्फ गत वर्ष १२ अर्ब १३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएकोमा अहिले २६.६४ प्रतिशतले बढेको छ। 

    ६ महिनामा मदिरा उत्पादनबाटै १५ अर्ब ३६ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ। 

    सुर्तीजन्य पदार्थमा गत वर्ष १२ अर्ब ९२ करोड रुपैयाँ उठेकोमा अहिले १३ अर्ब ७९ करोड रुपैयाँ सकलन भएको छ। 

    गत वर्षको तुलनामा सरकारले केही दर बढाएकाले सुर्तीको उत्पादन उस्तै देखिए पनि बियर र मदिराको उत्पादन केही बढेको राजस्वका अधिकारीहरुको दाबी छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend