images

२०८३ आश्विन १७ गते

images
images
images

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं। नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ।

    images
    images

    यो कार्यक्रम काठमाडौंको नक्सालस्थित अमरपाली बैंक्वेटमा फागुन १८ देखि २१ गतेसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। साथै, उपत्यका बाहिरका विराटनगर शोरुममा पनि कार्निभल आयोजना हुनेछ।

    चार दिनसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभुतपूर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सक्नेछन्।यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नेछन्। क्नुहुनेछ जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ।

    images
    images

    साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नेछन्। तसर्थ यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुनेछ।एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन्।

    ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनेछन्। यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनेछन्।कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ।

    हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend