images

२०८३ आश्विन २१ गते

images
images
images

मुस्ताङमा पूँजीगत खर्च निराशाजनक, राजस्व संकलन कति ?

मुस्ताङमा पूँजीगत खर्च निराशाजनक, राजस्व संकलन कति ?

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । मुस्ताङमा सञ्चालित प्रादेशिक कार्यालयको चालू आर्थिक वर्षको प्रथम ६ महिनाको पूँजीगत खर्च निराशाजनक देखिएको छ । सङ्घीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ । 

    images
    images

    जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र सङ्घीय कार्यालयतर्फको सन्तोषजक पाइएको हो । 

    सङ्घीयतर्फ साविकका कार्यालय जनशक्ति यथावत् परिचालित भएकाले बजेट खर्च सन्तोषजनक रहे पनि प्रादेशिकतर्फ नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरतालगायत कारणले प्रादेशिक खर्च अपेक्षाअनुरूप हुन नसकेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताए । 

    images
    images

    चालू आवका लागि सङ्घीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कुल ३ अर्ब ७९ करोड ८६ लाख ९० हजार बजेट विनियोजन भएकोमा १ अर्ब ६६ करोड बजेट खर्च भएको उनले जानकारी दिए ।

    उक्त कार्यालयका अनुसार चालू वर्षका लागि मुस्ताङका पाँच स्थानीय तहलाई ९७ करोड ३८ लाख २७ हजार रुपैयाँ वित्तीय हस्तान्तरण बजेट विनियोजन भएकामा साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख वित्तीय हस्तान्तरण भइसकेको छ । 

    सङ्घीय कार्यालय र सङ्घीय अनुदान वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएकामा समीक्षा अवधिमा १ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ ।  

    ५ करोड ६० लाख राजस्व सङ्कलन  

    चालू आर्थिक वर्षको ६ महिनामा ५ करोड ६० लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

    सङ्घीयतर्फ ४ करोड २८ लाख ७४ हजार तथा प्रदेशतर्फ १ करोड ३१ लाख ५९ हजार रुपैयाँ सङ्कलन भएको हो । उक्त रकम सङ्घीयतर्फका १४ र प्रदेशका ९ वटा कार्यालयले असुल गरेका हुन् । रासस 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend