काठमाडौंः नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ ।
अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल र प्रवक्ता तथा सचिव प्रकाश पौडेल लगायतका नेताको उपस्तिथिमा भट्टको उम्मेदवारी घोषणा गरिएको हो ।
सिद्धान्त भट्ट हाल विश्वविद्यालय क्याम्पसको स्ववियु सचिव हुन् । त्रिविको स्ववियु चुनाव आगामी ५ चैतमा हुँदैछ ।




.gif)





