images

२०८३ आश्विन २१ गते

images
images
images

१ लाख मेट्रिक टन बीउमा १५ अर्ब खर्च

१ लाख मेट्रिक टन बीउमा १५ अर्ब खर्च

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौँ । नेपालले १ लाख मेट्रिक टन बीउका लागि १५ अर्ब खर्च गरेको छ । नेपालले सात महिनामा १ लाख मेट्रिक टन कृषि उत्पादनको बीउ ल्याएको छ । 

    images
    images

    चालु आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब १० करोड ५१ लाख ३७ हजार रुपैयाँको १ लाख ६७ हजार २२८ मेट्रिक टन बीउ ल्याइएको हो । टमाटर, सूर्यमुखी, उखु, प्याज, विभिन्न सजावटका फूल, तरकारी र विभिन्न खाद्यान्न बाली लगायतका बीउ आयात गरिएको छ । सो बीउ भित्र्याउँदा सरकारले २ अर्ब ६ करोड ८३ लाख ३१ हजार रुपैयाँको राजस्व संकलन गरेको छ । यी कृषि उपजको बीउ भारत, चीन, पाकिस्तान, टर्की, कोरिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ । 

    पछिल्लो पटक किसानले रैथाने बीउभन्दा आयात हाइब्रिड बीउ रोप्ने गरेका छन् । तर यस्ता बीउबाट एक उत्पादन मात्रै लिन पाइन्छ । यसकारणले नेपालले बर्षेनी अर्बोको कृषि उपजको बीउ आयात गरेको छ । गतवर्ष मात्रै २१ अर्ब ७७ करोड रुपैयाँको कृषिजन्य वस्तुको बीउ आयात भएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend