images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • ऊर्जामन्त्रीलाई कुलमानले बुझाए २४ घण्टे...

ऊर्जामन्त्रीलाई कुलमानले बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)

ऊर्जामन्त्रीलाई कुलमानले बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई स्पष्टीकरण बुझाएका छन् ।

    images
    images

    विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मंगलबार तेस्रो पटक २४ घण्टाभित्र जवाफ माग्दै घिसिङलाई स्पष्टीकरण सोधिएको थियो ।

    मन्त्री खड्काले विगतका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै घिसिङले त्यस पदमा रहँदा गरेका कामको विवरण २४ घण्टाभित्र पेस गर्न भनेका थिए । मन्त्रीको त्यही निर्देशनअनुसार कुलमानले जवाफ पेस गरेका हुन् ।घिसिङले आफूलाई मन्त्रालयले स्पष्टिकरण माग्ने विषय नै अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको भनेर जवाफ दिएका छन् ।

    images
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै उनलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै घिसिङले स्पष्टीकरणको माग नै प्रकयृागत रूपमा त्रुटीपूर्ण, अनाधिकारयुक्त एवम् पूर्वाग्रह प्रेरित रहेको जवाफ दिएका हुन् ।कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले उनीसँग विगतमा २ पटक माग गरिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो ।

    त्यही पत्रको जवाफ दिँदै निर्देशक घिसिङले आफू नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ अनुसार नियक्ति भएको भन्दै मन्त्तालयलाई हटाउने अधिकार नभएको बताएका छन् ।निर्देशक घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ के कारणले चित्तबुझ्दो भएन भन्ने विषयमा कुनै पुष्ट्याइँसमेत नगरिएको र आफूमाथि लगाइएको आरोप मनोगत भएको जवाफ मन्त्रालयलाई दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend