images

२०८३ आश्विन २१ गते

images
images
images

सात महिनामा ७ लाख २७ हजार मेट्रिक टन खाद्यान्न आयात,कहाँबाट कति भित्रियो ?

सात महिनामा ७ लाख २७ हजार मेट्रिक टन खाद्यान्न आयात,कहाँबाट कति भित्रियो ?

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । नेपालले चालु आर्थिक वर्षको सात महिनामा ७ लाख २७ हजार ७४८ मेट्रिक टन खाद्यान्न आयात गरेको छ।

    images
    images

    भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि माघसम्मको अवधिमा नेपालले ३६ अर्ब ३५ करोड ७३ लाख २९ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गरेको हो। सबैभन्दा ठूलो हिस्सामा भारतबाट खाद्यान्न आयात भएको छ, जहाँबाट ६ लाख ९७ हजार २८० मेट्रिक टन चामल, गहुँ, मकै लगायतका खाद्य पदार्थ आयात गरिएको छ।

    यसमा खर्च ३३ अर्ब ६९ करोड ५९ लाख ९३ हजार रुपैयाँ पुगेको छ। चीनबाट १ हजार ५१२ मेट्रिक टन खाद्यान्न आयात भएको छ, जसमा १८ करोड ५० लाख ८७ हजार रुपैयाँ खर्च भएको छ।

    images
    images

    त्यसैगरी, थाइल्यान्ड, जापान, इन्डोनेसिया, साउथ अफ्रिका, इटाली र अमेरिका लगायतका देशबाट २७ हजार ४४२ मेट्रिक टन खाद्यान्न आयात गरिएको छ, जसको मूल्य २ अर्ब २९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ।

    नेपालको खाद्यान्न व्यापारमा यस अवधिमा ३६ अर्ब ३३ करोड ४९ लाख ६१ हजार रुपैयाँको व्यापार घाटा परेको छ। यद्यपि, नेपालले यस सात महिनामा २ करोड २३ लाख ६८ हजार रुपैयाँको खाद्य वस्तु निर्यात गरेको जनाएको छ।

    यसैगरी, यस कारोबारबाट नेपाल सरकारले ३ अर्ब २२ करोड १८ लाख ४३ हजार रुपैयाँको राजस्व संकलन गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend