images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघकोे ११औं...

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघकोे ११औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघकोे ११औं वार्षिक साधारण सभा सम्पन्न

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं। १२ फागुन, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा सफलतापूर्वक काठमाडौंमा सम्पन्न गरेको छ। यो सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपालतथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

    images
    images

    उक्त कार्यक्रमका मुख्य अतिथि (विशिष्ट मानार्थ सदस्य) माननीय संरक्षक श्री राजेश काजीश्रेष्ठ थिए। कार्यक्रममा संघका अध्यक्षश्री सञ्जय अग्रवाल, नेपालकालागि इटालीका मानार्थ वाणिज्य दूतश्रीमतीप्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्षश्री अरनिको राजभण्डारी, उपाध्यक्षश्री रुपक राजवंशी, उपाध्यक्षश्री मनोज कुमार ज्ञवाली लगायत प्रतिष्ठित संघ सदस्यहरूको उपस्थितिथियो।

    कार्यक्रमको सुरुवात संघका महासचिव श्री मनोज श्रेष्ठ भाडेल को स्वागत मन्तव्य द्वारा भएको थियो । उनले नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै भने, “नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्वपूर्ण रहँदै आएको छ। हामी यो सहकार्य हाम्रो दुई देशबीचको मित्रताको स्थायीप्रतीकका रूपमा रहने विश्वास गर्छौं।”

    images
    images

    ११औं वार्षिक साधारण सभाको मुख्य आकर्षण नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा संस्थाहरूको सम्मान गर्नु थियो। माननीय संरक्षक श्री राजेश काजीश्रेष्ठ र मानार्थ वाणिज्य दूत श्रीमती प्रतिमा पाण्डे लाई विशिष्ट सम्मान स्वरूप कदरपत्र प्रदान गरियो। साथै, श्री अशंक समसेर जंगबहादुर राणालाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’को रूपमा सम्मानित गरियो ।

    संघका अध्यक्षश्री संजय अग्रवाल ले आफ्नो धारणा मन्तव्यमा नेपाल–इटालीबीचको राजनयिक तथा आर्थिक सम्बन्धको लामो यात्राको चर्चा गरे, जुन ३१ अगस्ट १९५९ मा स्थापनाभएको थियो । उनले नेपाल–इटालीबीच छ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमाविस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, विशेष गरी १९९० मालोकतन्त्रको स्थापनापछि र २०१५को भूकम्पपछि इटाली सरकारले पु¥याएको सहयोग ऐतिहासिक रहेको उनले स्मरण गरे । संघले इटालीबाट थप लगानी आकर्षित गर्ने तथा नेपालमा इटालीका पर्यटकहरूको आगमन प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताउँदै उनले भने, “हामी नेपाल–इटालीबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ पार्दै दिगो आर्थिक वृद्धि हासिलगर्न केन्द्रित छौै ।”

    संघ आफ्नो विभिन्न पहलहरू मार्फत द्विपक्षीय व्यापार प्रवद्र्धन, लगानी अवसरहरूको विस्तार तथा नेपालमा इटाली पर्यटन प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ। ११औं वार्षिक साधारण सभाको सफल समापन ले नेपाल र इटालीबीचको आर्थिक सहकार्यलाई थपबलियो बनाउने अर्को महत्वपूर्ण उपलब्धिको संकेत गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend