images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • वडा नम्बर २२ ले न्युराेडमा...

वडा नम्बर २२ ले न्युराेडमा फुटपाथ विस्तारविरुद्ध आज पनि सडकबाटै सेवा दियाे

वडा नम्बर २२ ले न्युराेडमा फुटपाथ विस्तारविरुद्ध आज पनि सडकबाटै सेवा दियाे

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • काठमाण्डाै – काठमाण्डौको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाण्डाै महानगरपालिकाको वडा नम्बर २२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिइरहेको छ ।

    images
    images

    हिजोदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले सडकमा पाल टाँगेर वडाको काम गर्न थाल्नुभएको हो । वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्ने महर्जनले बताउनुभयो ।

    उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा फुटपाथ विस्तार गर्न शुरु गरेपछि स्थानीयवासीले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका छन् ।

    images
    images

    तर महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले विगतमा गाडी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको जानकारी दिनुभयो । आयोगका उपाध्यक्ष राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरीत काम नभएको दाबी गर्नुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend