काठमाडौं । चालु आर्थिक वर्ष २०८१\०८२ को सात महिनामा नेपालका निर्जीवन बीमा कम्पनीहरूले २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार, माघ मसान्तसम्मको अवधिमा देशभरका १४ निर्जीवन बीमा कम्पनीहरूले उक्त रकम आर्जन गरेका हुन्।
यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय रहेको छ । कम्पनीले सात महिनामा कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ४४ करोड, आइजिआई प्रूडेन्सियलले २ अर्ब २ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४० करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
साथै, प्रभु इनस्योरेन्सले १ अर्ब ३ करोड, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।




.gif)





