images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • नेपालबाट बंगलादेशले पाँच महिना ४०...

नेपालबाट बंगलादेशले पाँच महिना ४० मेगावाट बिजुली पाउने

नेपालबाट बंगलादेशले पाँच महिना ४० मेगावाट बिजुली पाउने

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • ढाका । बंगलादेशले भारत हुँदै नेपालबाट पाँच महिनाका लागि ५० मेगावाट बिजुली प्राप्त गर्ने भएको छ । सन् २०२५ को जुनदेखि नोभेम्बरसम्म बंगलादेशले नेपालबाट बिजुली पाउने भएको हो ।

    images
    images

    यस विषयमा बंगलादेश, नेपाल र भारतबिच गत वर्षको अक्टोबर ३ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको वाणिज्य सल्लाहकार एसके बसिर उद्दिनको बिच शनिबार भएको भेटमा यो कुरा खुलाइएको हो ।

    द बिजनेस स्टान्डर्डमा प्रकाशित समाचारअनुसार दुई जना बिचको छलफल द्विपक्षीय व्यापारलाई सुधार गर्ने, विद्युत् निर्यात, कनेक्टिभिटी र आगामी नेपाल इकोनोमिक समिटका विषयमा केन्द्रित रहेको थियो ।वाणिज्य सल्लाहकारले दुवै राष्ट्रको आर्थिक विकासलाई बढवा दिनका लागि कनेक्टिभिटी सुदृढ पार्नुपर्नेमा जोड दिएका थिए । उनले रणनीतिक साझेदारी सुनिश्चित गर्न दीर्घकालीन योजनाहरूमा काम गर्नुपर्ने बताएका थिए ।

    images
    images

    यसै गरी राजदूत भण्डारीले बंगलादेशसँगको नेपालको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै नेपालले बंगलादेशबाट कृषि उत्पादन आयत गर्ने गरेको बताए । त्यस्तै, उनले भविष्यमा बंगलादेशमा विद्युत् निर्यातको मात्रा बढाउने आशा व्यक्त गरे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend