images

२०८३ आश्विन १९ गते

images
images
images

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • संखुवासभा । कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डको भोटखोलामा पहिरोका कारण सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।

    images
    images

    खाँदबारीबाट एक सय ९ किलोमिटरको दूरीमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुन सकेका छैनन् । खाँदबारीबाट गएका सवारीसाधन पनि बाटैमा अलपत्र परेको छन् । पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक योजनासँग अध्यक्ष भोटेले माग गरेका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ।

    आज बिहान भोटखोलाको हटिया र हुङ्गगुङ्ग बीचको धिग डाँडा खण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले बताए । उनका अनुसार १५ मिटर माथिबाट ठूल्ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको छ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend