काठमाडौंः निवृत्तिभरण (पेन्सन) सुविधा लिइरहेका कर्मचारीले पेन्सन निरन्तरता दिन हरेक ६ महिनामा अनिवार्य बैंकमा सशरीर उपस्थित हुनुपर्ने प्रावधान हटाइने भएको छ ।
५ फागुनमा बसेको सचिवको बैठकले अनिवार्य रहेको यस्तो प्रावधान हटाइ आफ्नो उपस्थिति विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयले यस्तो व्यवस्था गर्नुपर्ने गरी सचिव बैठकबाट निर्णय भएको हो ।
यस्तो काम एक महिना भित्र गरिसक्न समेत समयसीमा दिइएको छ । अहिले ६।६ महिनामा सशरीर उपस्थित हुनुपर्ने प्रावधानले कठिनाइ भइरहेको र यसको पुनरावलोकन गर्न अनुरोध आएका कारण यस्तो निर्णय गर्नुपरेको कार्यालयको भनाइ छ । यसबाट लाखौं सेवाग्राही लाभान्वित हुनेछन् ।




.gif)





