images

२०८३ आश्विन २१ गते

images
images
images
  • अर्थतन्त्र
  • फागुनको सुरूवातसम्म लुम्बिनी प्रदेशको खर्च करिब...

फागुनको सुरूवातसम्म लुम्बिनी प्रदेशको खर्च करिब २५ प्रतिशत

फागुनको सुरूवातसम्म लुम्बिनी प्रदेशको खर्च करिब २५ प्रतिशत

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं ।लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक बर्षको आठ महिनामा २५ प्रतिशत पनि खर्च गर्न सकेको छैन।आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजना गरेको  समीक्षा गोष्ठीमा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्म कुल बजेटको २४.९१ प्रतिशत मात्र खर्च गर्न सकेको जानकारी दिएको हो।

    images
    images

    खर्च गरिएको बजेटमा पुँजीगत २२.८३ प्रतिशत र चालु खर्च २८.४७ प्रतिशत रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले चालु वर्षमा ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो। जसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो।

    समीक्षा कार्यक्रममा मुख्यमन्त्री चेतनारायणआचार्यले चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने नीति अवलम्बन गर्न  मन्त्रालय र मातहतका कार्यालयहरुलाई निर्देशन दिए।

    images
    images

    मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिए।

    उनले पुँजीगत खर्च बढाउन र सम्पन्न आयोजनाहरूको भुक्तानी अविलम्ब गर्न पनि निर्देशन दिए।प्रदेश सरकारले पुँजीगत खर्च गर्न नसकेको भन्ने आलोचनालाई चिर्न खर्चलाई प्रभावकारी रूपमा बढाउनुपर्नेमा उनले बताए।

    ‘वैशाख महिनालाई अन्तिम भुक्तानीको महिना बनाउन सक्ने हो भने धेरै समस्या हल भएर जाने थिए’ मुख्यमन्त्री आचार्यले भने, ´अन्य प्रदेशको तुलनामा माघ मसान्तसम्म लुम्बिनी प्रदेशको पुँजीगत खर्च सबैभन्दा राम्रो छ तर, यसलाई निरन्तरता दिनेगरी काम गरौं।’

    संघीय सरकारबाट प्राप्त समानीकरण, सशर्त तथा विशेष अनुदानका कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।‘संघबाट प्राप्त भएको बजेट कार्यान्वयन नभएमा फिर्ता जान्छ, त्यसैले हामीले यसलाई फिर्ता नहुने गरी कार्यान्वयन गर्न जोड दिनैपर्छ,’ उनले भने।मुख्यमन्त्री आचार्यले टुक्रे आयोजना निरुत्साहित गर्न योजना छनोटमा कठोर बन्नुपर्ने धारणा राख्दै प्रदेश सरकारले बहुवर्षीय आयोजनालाई प्राथमिकता दिने स्पष्ट पारे।

    ‘हामीले टुक्रे आयोजनालाई निरुत्साहित गर्न बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राख्नुपर्छ। राजनीतिक तहबाट पनि यसबारे छलफल अघि बढाउनुपर्छ’, उनले भने।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend