images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद...

अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने

अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । हाम्रो पात्रो एपबाट सिधैँ टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो।

    images
    images

    प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोग गरी टिकट खरिद गर्न सक्नेछन् । हाम्रो पेका साथै मोबाइल बैंकिङ र कनेक्ट आईपीएसको प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिन्छ । यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।

    ‘हाम्रो पे’का सीईओ शिशिर पोखरेलले हाम्रो पात्रो प्लाटफर्ममार्फत विभिन्न कार्यक्रमहरूका टिकट सजिलै खरिद गर्न सकिनेछ, जसले कार्यक्रम आयोजक र दर्शकबीचको दुरी घटाउने बताए । हाल हाम्रो पात्रोमा पाँचथर, फिदिममा फेब्रुअरी २४ मा आयोजना हुन लागेको “John and The Locals – Live Concert” को टिकट उपलब्ध छ। फिदिम मावीको खेलमैदानमा हुन लागेको यस कन्सर्टमा, देश तथा विदेशमा आफ्नो प्रस्तुतीले चर्चा कमाएको John and The Locals (JATL) ब्याण्डको सांगीतिक प्रस्तुती हेर्न पाइनेछ।

    images
    images

    टिकट दर ४०० देखि ५ हजार रूपैयाँसम्म निर्धारण गरिएको छ। हाम्रो पेमार्फत टिकट खरिद गर्दा प्रयोगकर्ताहरूले ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्। प्रयोगकर्ताहरूले https://tickets.hamropatro.com/events बाट पनि टिकट खरिद गर्न सक्नुहुन्छ।

    आयोजकहरूले आफ्ना कार्यक्रमहरूका टिकट बिक्रीका लागि हाम्रो पात्रोसँग साझेदारी गरी लाखौँ प्रयोगकर्तामा कार्यक्रम पुर्याउन सक्नेछन्। थप जानकारीका लागि इच्छुक आयोजकहरूले support@hamropatro.com मा इमेल गर्न सक्नुहुन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend