images

२०८३ आश्विन २१ गते

images
images
images

माघ महिनामा मात्रै २९ अर्बको निर्यात व्यापार

माघ महिनामा मात्रै २९ अर्बको निर्यात व्यापार

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं ।पछिल्ला महिनाहरूमा निर्यात व्यापारमा लगातार बढोत्तरी देखिएको छ। माघ महिनामा मात्रै २९ अर्ब बराबरको निर्यात व्यापार भएको छ। पछिल्लो चार महिनादेखि निर्यात व्यापारमा उल्लेखनीय बढेको हो।

    images
    images

    कार्तिक महिनामा १४ अर्ब ३० करोड, मंसिरमा २० अर्ब ९८ करोड र पुस महिनामा २५ अर्ब ३० करोड रुपैयाँको निर्यात व्यापार भएको थियो। विशेषगरी भटमास र सूर्यमुखी तेलको निर्यात बढोत्तरीले समग्र निर्यात नै वृद्धि भएको छ।

    चालू वर्षको पहिलो सात महिनामा अर्थात् साउनदेखि माघ महिनाको अवधिमा १ खर्ब२७ अर्ब रुपैयाँ बढेको निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा ८६ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।पछिल्लो महिनाहरूमा आयात व्यापार पनि क्रमश बढ्दै गएको छ। चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयत व्यापार भएको छ। यो गतवर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।

    images
    images

    भन्सार विभागले संकलन गर्ने राजस्व १२%ले बढेको छ। भन्सार तथ्यांक अनुसार ७ महिनाको अवधिमा दुई खर्ब ६५ अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व संकलन भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend