images

२०८३ आश्विन १६ गते

images
images
images

‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना

‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ । महाशिवारत्रिका दिनदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश जारी गरेपछि नेपाली सिने क्षेत्र आन्दोलित भएको छ ।

    images
    images

    पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो । यो आदेशसँगै सेन्सर नहुञ्जेल यो चलचित्रको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रसार प्रसार रोकिएको छ । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचार(प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।

    आलमले चलचित्र विकास बोर्ड, कलाकार सीताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपिटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’  का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् ।

    images
    images

    बुधबार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी थियो, तर अदालतको आदेशसँगै ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ । पूर्वमन्त्री आलमले अदालतमा दायर गरेको रिटमा चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको आरोप लगाएका छन् ।उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको ‘लाज शरणम्’को प्रचारमा लगाएको रोक प्रति चलचित्र निर्देशक समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले बुधबार विज्ञप्ति जारी गर्दै चलचित्र ‘लाज शरणम्’को नाममा अदालतबाट जारी भएको बन्देजले चलचित्रको करोडौँको लगानी जोखिम र सृजनशील सर्जकलाई राम्ररी झस्काएको समेत जनाएको छ ।

    ‘चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै छ । यसरी बनेको कथाले कुनै व्यक्ति वा समुदायका व्यक्तित्व, संस्कार र संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्ने चलचित्र विकास बोर्ड र चलचित्र जाँच समिति आदि सरकारी निकाय अस्तित्वमा छ,’ समाजका अध्यक्ष जनकदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सीताराम कट्टेलसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सहनिर्माताको रूपमा रहेका छन् । 

    चलचित्रकर्मी, पत्रकार, नागरिक अगुवासमेतले ‘लाज शरणम्’ लाई कानुनी उल्झनमा फसाएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा अहिले यो विषयलाई लिएर अदालतको आलोचना हुन थालेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend