images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • धादिङमा बागमती साहित्य महोत्सव फागुन १६...

धादिङमा बागमती साहित्य महोत्सव फागुन १६ र १७ गते हुने

धादिङमा बागमती साहित्य महोत्सव फागुन १६ र १७ गते हुने

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । बागमती साहित्य महोत्सव धादिङमा हुने भएको छ। 

    images
    images

    बागमती प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना तथा धादिङका सरोकारवालाहरूको संयोजनमा 'बागमती साहित्य महोत्सव यही फागुन १६ र १७ गते धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माविमा हुने भएको छ।

    साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने नाराका साथ हुन् गइरहेको साहित्यिक महोत्सवमा १४ सेसन हुनेछन्, जसअन्तर्गत ११ वटा प्यानल डिस्कसन, १ काव्य सन्ध्या, १ गजल सन्ध्या, र १ सृजनात्मक सत्र रहनेछ।महोत्सवले बागमती प्रदेशको साहित्यिक वृत्तमा नयाँ ऊर्जा थप्ने विश्वास महोत्सवका संयोजक तथा डिभिजन वन धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताएका छन् ।

    images
    images

    आयोजकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, बागमती प्रदेशको कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवले प्रदेशस्तरमै साहित्यिक गतिविधिहरूलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

     

     



    बागमती प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापनाका लागि नीति निर्माण तथा निर्देशिका निर्माणमा सरकारले लिएको अग्रसरताको सन्देश पनि यस महोत्सवमार्फत प्रवाह गरिने आयोजक समितिले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend