images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • प्रतिनिधि सभाबाट विद्युतीय व्यापार विधेयक सर्वसम्मतिले...

प्रतिनिधि सभाबाट विद्युतीय व्यापार विधेयक सर्वसम्मतिले पारित

प्रतिनिधि सभाबाट विद्युतीय व्यापार विधेयक सर्वसम्मतिले पारित

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौंः प्रतिनिधि सभाको आजको बैठकले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । 

    images
    images

    यसअघि विधेयकका विभिन्न पक्षका बारेमा सांसदहरुले सरकारको धारणा मागेका थिए । सांसदहरुको जिज्ञासाको जवाफमा मन्त्री भण्डारीले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न यो विधेयक ल्याएको बताए ।

    मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्धन लगायत क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको मन्त्री भण्डारीले बताए । 

    images
    images

    कार्यान्वयनका चरणमा लैजाँदा नियमावली तथा कार्यविधि बनाएर थप व्याख्या गरिने उनको भनाइ छ । अहिलेको प्रविधिको विकास सँगै यसलाई संशोधन गर्दै जान सकिने उद्योगमन्त्री भण्डारीले उल्लेख गरे ।

    विधेयक माथि संसदमा पर्याप्त छलफल भएको र यसलाई बढीभन्दा बढी कार्यान्वयन योग्य बनाउन खोजिएको उनको भनाइ छ । कानुनी व्यवस्थाको अभावमा विद्युतीय माध्याम द्वारा सञ्चालन गरिने व्यापारको व्यवस्थापन गर्न कठिन थियो । यो ऐन कार्यान्वयनमा आए सँगै इ–कमर्शलाई नियमन र व्यवस्थापन गर्न सहज हुने मन्त्री भण्डारीको भनाइ छ । 

    अर्थतन्त्रमा टेवा पुर्याउने, स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने, साना तथा मझौला व्यवसायलाई प्रवर्धन गर्ने, उपभोक्ताको पहुँच सरल र सहज हुने भएका कारण यो कानुन बनेर कार्यान्वयनमा आउन अति आवश्यक रहेको उनले उल्लेख गरे ।

    यस्तै, आजको बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९।०८० पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त प्रस्ताव पेस गरेका थिए ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend