images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • प्रादेशिक एसोसिएसनहरुसँग नाडाको अन्तर्क्रिया, अटो व्यवसायीका...

प्रादेशिक एसोसिएसनहरुसँग नाडाको अन्तर्क्रिया, अटो व्यवसायीका समस्या समाधानबारे छलफल

प्रादेशिक एसोसिएसनहरुसँग नाडाको अन्तर्क्रिया, अटो व्यवसायीका समस्या समाधानबारे छलफल

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौंं । सवारीसाधन व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले विभिन्न प्रादेशिक एसोसिएसनहरुसँग बुटवलमा अन्तर्क्रिया गरेको छ। 

    images
    images

    यही फागुन पहिलो साता नाडाले लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एसोसिएसनका अध्यक्षहरुबीच बृहत् अन्तर्क्रिया कार्यक्रम गरिएको हो। कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी सहभागी थिए। उनकै प्रमुख आतिथ्यमा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत् छलफल भएको नाडाले जनाएको छ। 

    सो कार्यक्रममा संस्थागत एसोसिएसनहरुबाट उपस्थित पदाधिकारी तथा सदस्यहरुले विभिन्न प्रश्नहरु गर्दै त्यसको समाधानका लागि समेत आग्रह गरेका थिए। यसै क्रममा पदाधिकारी तथा सदस्यहरुले कर तिर्ने व्यवसायीहरुले सरकारीतहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारिबाट सामानहरुसँगै अटोमोबाइल प्राविधिकहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंकहरुले ऋण दिने भने पनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको गुनासो गरेका थिए। 

    images
    images

    त्यसैगरी प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजस्व र रोजगारीको क्षेत्रमा अटोमोबाइल क्षेत्रको ठूलो लगानी भए पनि सो अनुरुप सरकारको दृष्ट्रिकोण सकारात्मक नभएको, बजार अनुगमनको नाममा अझै जरिवाना तिनुपर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफनो व्यवसायमा टिकिरहन कठिन हुदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्यांकनका सम्बन्धमा भन्सार कार्यालयहरुमा हुने गरेको समस्या, ब्रान्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, खुल्ला सीमाले पारेको समस्या, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नक्कली अटोमोवाइल पार्टसहरुको आयातले व्यवसायीहरुले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको थियो। 

    सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले त्यहाँ उठेका विभिन्न प्रश्नहरुको जवाफ दिएको नाडाले जनाएको छ। सो प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको बताउँदै सरकारले हालै अध्यादेशमार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म मागहरु सम्बोधन भएको बताए। सोही क्रममा अध्यक्ष चौधरीले सन्दर्भ मूल्यसूची समयसापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरुलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागहरुमा भेटघाट र छलफल समेत गरिएको बताए। उनले बङ्गलादेश भुटान भारत र नेपालबीच हुनलागेको बीबीआईएन सहमतिसम्बन्धी बैठकमा स्वंयम सहभागी भएको र त्यस सहमतिले नेपालको अटोमोवाइल क्षेत्रलाई पार्ने नकारात्मक प्रभावहरुका विषयमा नाडाकोतर्फबाट धारणा राखिएको बताए। 

    हालै भारतको नयाँ दिल्लीमा भारत मोबिलिटीको सन्दर्भमा नाडा, एक्मा र एएसडीसीबीच भएको सहमतिबारे पनि उनले बताएका थिए। भर्चुअल विधिमा समेत आयोजना गरिएको सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, संस्थागत सदस्य कृष्णप्रसाद श्रेष्ठ तथा भद्र भण्डारी, केन्द्रीय कार्य समिति सदस्यद्धय नवराज भुषाल, प्रकाश कपुरी, सुनिल रिजाल, निलमणी पाठक मेघराज पौडेल, नारायणप्रसाद पौडेल समेतको उपस्थिति थियो। 

    त्यसैगरी हेटौंडा अटोमोवाइल्स एसोसिएसनका तर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष दिपेन्द्र कोईराला समेतको उपस्थिति थियो। त्यसैगरी लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालकातर्फबाट वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदिप जोशी, सहसचिव तिलकराम पाण्डे सदस्यद्धय दिपक ओली, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, केशव पाण्डे, बालकृष्ण पाण्डे, ओमहरी आचार्य, कमल न्यौपाने, दिनेश अमात्य र साधारण सदस्य प्रकाश भट्टराई र जगदिश भट्ट समेतको उपस्थिति रहेको थियो । 

    त्यस्तै सो कार्यक्रममा हेटौडा अटोमोवाइल्स एसोसिएसनका बरिष्ठ उपाध्यक्ष धर्म धिमाल, महासचिव दिपेन्द्रकुमार उपे्रती र सदस्य विकाश नेपालको उपस्थिति रहेको थियो। त्यसैगरी कर्णाली अटोमोवाइल्स एसोसिएसनका उपाध्यक्ष सै अनवर अली, लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका सल्लाहकार गोपाल प्रसाद पाण्डे, कानुनी परामर्शदाता कृष्णप्रसाद पाण्डे र पे्रश सल्लाहकार स्वस्तिक श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend