images

२०८३ आश्विन १६ गते

images
images
images

बलेफी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन खुल्यो

बलेफी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन खुल्यो

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सेयर लिलामी बिक्रीमा आएको छ । कुल १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामी बिक्रीमा आएको हो ।

    images
    images

    जसमध्ये ६ लाख ७६ हजार १९१ कित्ता संस्थापक समूहको छ । चैत २९ गतेसम्म यो लकइनमा रहेको छ । त्यस्तै सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ता सेयर पनि लिलामी बिक्रीमा आएको छ । यो सेयर पनि चैत २९ सम्म लकइनमा छ ।

    लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा छ । यी सेयर खरिद गर्न इच्छुकले सोमबारदेखि फागुन १९ सम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

    images
    images

    एनआईएमबी एस क्यापिटल लाजिम्पाट तथा सो क्यापिटलका शाखा कार्यालयहरु पोखरा, बुटवल, वीरगन्ज र बिराटनगरबाट आवेदन दिन सक्नेछन् । आइतबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७२ रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend