images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • बाँके जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन...

बाँके जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन कार्यक्रम सञ्चालन गरिँदै

बाँके जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन कार्यक्रम सञ्चालन गरिँदै

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागिका बाँके जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ । फागुन ५ गते बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा मात्र हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो । 

    images
    images

    स्वास्थ्य मन्त्रालयले यस अभियानमा सहभागी भई हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरिदिन त्यहाँका नागरिकलाई आग्रह गरेको छ । हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान सञ्चालन गरिएका इन्डेमिक जिल्लाहरूमध्ये ५६ जिल्लामा यो अभियान बन्द गरिसकिएको छ ।

    तर बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँ पालिकाको वडा नं ४ मा १३ पटक सम्म पनि औषधी खान योग्य व्यक्ति सबैले औषधी नखाइदिनाले र सङ्क्रमण मूल्याङ्कन सर्वेमा रगत जाँच गरी हेर्दा यहाँ समुदाय स्तरमा रोगको सङ्क्रमणको दर लक्ष्य अनुसार नघटेकाले यी पालिकाहरूमा पटक पटक औषधी सेवन अभियान जारी गरिएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend