images

२०८३ आश्विन १९ गते

images
images
images

सर्वोत्तम सिमेन्ट कम्पनीले किन्यो जगदम्बा सिमेन्ट

सर्वोत्तम सिमेन्ट कम्पनीले किन्यो जगदम्बा सिमेन्ट

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । सर्वोत्तम सिमेन्टको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनी खरिद गरेको छ।कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पेस गरेको छैठौं साधारण सभाको माइनोटमा यस्तो जानकारी दिएको हो। 

    images
    images

    कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले हाल सञ्चालनमा रहेको दुवै उद्योग खरिद गर्दा करिब २२ वर्ष पुरानो ब्राण्डका साथै डिलर नेटर्वकको साथ कम्पनीलाई प्राप्त हुने बताएका छन्।

    शुभश्री जगदम्बा सिमेन्ट मिल्सको प्रतिसेयर एक सय रूपैयाँ र जगदम्बा सिमेन्ट प्रालिको प्रति सेयर १५ रूपैयाँका दरले खरिद गरेको बताइएको छ।कम्पनीले सो साधारण सभामा ७ प्रतिशत बोनस प्रस्ताव समेत पारित गरेको थियो। 

    images
    images

     



     



    सेयर बिक्री गरेसँगै जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिएको छ।

    जगदम्बा सिमेन्टले दैनिक एक हजार टन सिमेन्ट उत्पादन गर्दै आइरहेको छ। त्यस्तै, शुभश्री जगदम्बाले वार्षिक ८ लाख सिमेन्ट उत्पादन गर्दै आइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend