images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • बलेफी हाइड्रोपावरले अवितरित सेयर बिक्री खुला...

बलेफी हाइड्रोपावरले अवितरित सेयर बिक्री खुला गर्ने

बलेफी हाइड्रोपावरले अवितरित सेयर बिक्री खुला गर्ने

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं ।  बलेफी हाइड्रोपावर लिमिटेडले भोलिदेखि आफ्नो अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बिक्री गर्न लागेको छ।

    images
    images

    कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेका ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेका ६ लाख १३ हजार ५७३ कित्ता शेयर उपलब्ध गराउने जनाएको छ। लकइन अवधि आउँदो चैत २९ गते सकिने कम्पनीले बताएको हो ।

    सेयर बिक्रीका लागि न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।  सेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

    images
    images

    यस शेयरमा सर्वसाधारण लगायत इच्छुक जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन १९ गते रहेको छ । इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ।

    यस्तो बोलपत्र फाराम एनआइएमबि एस क्यापिटल लिमिटेडको काठमाडौं स्थित लाजिम्पाट कार्यालयका साथै चिप्लेढुंगा, ट्राफिकचोक, आदर्शनगर, गोल्छाचोक शाखा कार्यालयमा पाइनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend