images

२०८३ आश्विन १८ गते

images
images
images

प्रतिनिधि सभा बैठक आज प्रधानमन्त्रीसँग सवालजबाफ

प्रतिनिधि सभा बैठक आज प्रधानमन्त्रीसँग सवालजबाफ

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौँः प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची छ। दिउँसो १ बजे बस्ने बैठकमा संसद्‍हरू सँग प्रश्नोत्तरको कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

    images
    images

    सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन्।

    प्रधानमन्त्री सँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आजकै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend