images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • विकासले बढाएको बसाइँसराइले  उज्यालो बन्दै गरेका...

विकासले बढाएको बसाइँसराइले  उज्यालो बन्दै गरेका गाउँहरू रित्तो बन्दै

विकासले बढाएको बसाइँसराइले  उज्यालो बन्दै गरेका गाउँहरू रित्तो बन्दै

images
images
शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • म्याग्दी,३ फागुन । सडक, सञ्चार, शिक्षा र स्वास्थ्य जस्ता विकासका पूर्वाधारहरू गाउँ–गाउँमा पुगे सँगै म्याग्दी जिल्लाका गाउँहरू उज्यालो बन्दै गएका छन्। तर, दुःखको कुरा, यही विकासले बढाएको बसाइँसराइले गाउँहरूलाई रित्तो बनाउँदै लगेको छ।

    images
    images

    संघीयता आएपछि स्थानीय तहहरू बलिया भए र विकासका कार्यक्रमहरू गाउँ केन्द्रित भए, तर पनि गाउँबाट सहर झर्ने क्रम रोकिएको छैन।

    गाउँमा पहिले जस्तो दुःख छैन। घर अगाडि नै गाडी पुग्छ, नजिकै विद्यालय छ, स्वास्थ्य चौकी छ, बिजुली बत्तीले झलमल्ल छ, र घाँसपात ओसार्न ट्याक्टर र मोटरसाइकलको सुविधा पनि छ। तर यति हुँदाहुँदै पनि गाउँ छोडेर सहर पस्ने र तराई झर्नेहरुको संख्या बढ्दो छ।

    images
    images

    कवि हेम हमालको कवितांशलाई उद्धृत गर्दै भनिएको छ, “गाउँ गाउँजस्तो छैन, सहर सहरजस्तो छैन‘”। जसरी तीव्र बसाइँसराइ र विदेश जाने मोह बढेको छ, त्यसले गाउँको मौलिकता हराउँदै गएको छ भने सहरहरु पनि अव्यवस्थित बन्दै गएका छन्।

    केही वर्ष अघिसम्म दुर्गम मानिने गाउँमा विकास पुगेको छ, तर सुविधा आएपछि गाउँ छोड्नेहरु पनि बढेका छन् भन्ने रघुगंगा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालको भनाइ छ।

    मालिका गाउँपालिका–२ रूम गाउँ हेर्दा सुन्दर छ, तर बसाइँसराइले उजाड बनाउँदै लगेको छ। घरहरू छन्, तर बस्ने मान्छे छैनन्। गाउँमा सडक पुगेको छ, विद्यालय, स्वास्थ्यचौकी, खानेपानी र सिँचाइको सुविधा छ, तर मान्छेहरू अझै सुविधा खोज्दै सहर र तराईतिर लागिरहेका छन्।

    ठाडाखानी मात्र नभएर म्याग्दीका धेरै गाउँ बसाइँसराइले रित्तिँदै छन्। सदरमुकाम नजिकका र सुविधा भएका गाउँबाट पनि बसाइँसराइ रोकिएको छैन। बेनी नगरपालिकाका ज्यामरुककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतान जस्ता गाउँहरू पनि खाली हुँदै गएका छन्।

    बेनी नगरपालिका–२ गौश्वारामा ८।१० वर्षअघि ५५ घर थिए, तर अहिले २६ घरमा मात्र मानिस बस्छन्। बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवार बसाइँ सरेका छन्। गाउँमा विकास भए पनि बसाइँ सर्ने क्रम घटेको छैन। गाउँमा दुःख–बिराम पर्दा सहयोग गर्ने छिमेकी कम हुँदै गएका छन्, जसले गर्दा विकास निर्माणमा पनि समस्या हुने गरेको मङ्गला गाउँपालिका–२ का केदार जैसीले बताए।

    वैदेशिक रोजगारी, सुविधाको खोजीमा सहरतिर बसाइँसराइ र कम बच्चा जन्माउने चलनले गर्दा म्याग्दीको जनसंख्या १० वर्षमा घटेको छ। २०६८ सालको जनगणनामा १ लाख १३ हजार ६ सय ४१ जनसंख्या रहेकोमा २०७८ सालको प्रारम्भिक नतिजा अनुसार १ लाख ७ हजार ३ सय ७२ मात्रै रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend