images

२०८३ आश्विन २१ गते

images
images
images

सरकार स्थायित्व र समृद्धिको मार्गमा अघि बढ्दैछःअर्थमन्त्री पौडेल

सरकार स्थायित्व र समृद्धिको मार्गमा अघि बढ्दैछःअर्थमन्त्री पौडेल

images
images
शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • स्याङ्जा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले वर्तमान सरकार राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकको समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे ।

    images
    images

    पछिल्लो समय मुलुक सञ्चालनका क्रममा विभिन्न कारणले सरकारले स्थायित्व पाउन नसकेको स्मरण गर्दै अर्थमन्त्रीले राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि लामो इतिहास बोकेका दुई ठूला दलको आवश्यकता महसुस गरी सरकार गठन भएको बताए ।

    ‘अवसरवाद सहित विविध कारण मुलुकमा ६(६ महिनामा सरकार बदलियो, सरकारले स्थायित्व पाएन’, उनले भने, ‘मुलुकको परिवर्तनका लागि, नागरिको जीवनस्तर सुधार्न ठूला दल मिल्नुको विकल्प थिएन, देशलाई अस्थिरतामा राख्न हुन्न निकास दिनुपर्छ भन्ने लागेर कांग्रेस र एमालेको गठनबन्धनबाट वर्तमान सरकार बनेको हो ।’

    images
    images

    मुलुकमा यस अघि विभिन्न कालखण्डमा आइपरेका कठिन अवस्थामा लामो इतिहास, अनुभव र योगदान गरेका दुई ठूला दलले नेतृत्व गरेका अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘मुलुकको स्थायित्व, विकास र नागरिकको पक्षमा वर्तमान सरकारले काम गरिरहेकाले सबैले यो सरकारलाई सहयोग र समन्वय गर्नुपर्छ ।’ आफ्नो जन्मभूमि स्याङ्जा भएको बताउँदै उनले यहाँको समग्र विकास, पूर्वाधार निर्माणका विषयमा रहेकाले क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

    भवन उद्घाटन समारोहमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधिसभाका सांसद राजु थापा, नेकपा (एमाले) का केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्मा अर्याल लगायतले जिल्लाको समग्र विकास, निर्माणका विषयमा धारणा व्यक्त गरेका थिए । बिरुवा गाउँपालिकाको प्रशासकीय भवन कूल सात करोड ९९ लाख ७० हजार एक सय ८१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । विंस २०७७ असार ३१ गते सम्झौता भएर निर्माण थालिएको भवन २०८० मंसिर २९ गते निर्माण सम्पन्न भएको हो । प्रशासकीय भवन २९ कोठाको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend