images

२०८३ आश्विन २१ गते

images
images
images

मकवानपुरमा नन फायलर करदाता घट्दो, बक्यौता सङ्कलन बढ्दो

मकवानपुरमा नन फायलर करदाता घट्दो, बक्यौता सङ्कलन बढ्दो

images
images
शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • काठमाडौँ, ३ फागुनः वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व कार्यालय हेटौँडाले अभियान चलाएपछि आयकर दाखिला नगर्ने करदाता (नन फायलर) करदाता घट्दै र बक्यौता सङ्कलन बढ्दै गएको छ ।

    images
    images

    घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा सङ्घ संस्था सँग नियमित अन्तक्र्रिया लगायतका कार्यक्रम सञ्चालन गरेपछि लामो समयदेखि आयकर दाखिला नगरी नन फायलर करदाता र बाँकी बक्यौता क्रमशः घट्दै गएको हो । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएका मध्ये करिब ६५ प्रतिशत भन्दा बढी करदाताले लामो समय देखि वार्षिक आय विवरण र बक्यौता नबुझाएपछि कार्यालयले त्यस्ता करदाताहरूको अभिलेख तयार पारेर अघि बढेको छ । 
        
    वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो उपभोक्ता समितिहरू, धार्मिक समिति, क्लबहरू छन् । “आर्थिक वर्ष २०७९÷८० र सो भन्दा अघिल्लो आवको आय विवरण नबुझाउने करदाता बढी छन्”, प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “त्यसैले आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर अभियान सुरू गरेका छौँ ।” पहिलो चरणमा घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ लगायतका सङ्घ संस्थासँग नियमित करदाता शिक्षा तथा अन्तक्र्रियालाई अघि बढाइएको उहाँको भनाइ छ । 
        
    प्रमुख कर अधिकृत सुवेदीका अनुसार चालु आव २०८१÷८२ को असार सम्ममा ‘नन फायलर’को सङ्ख्या ३२ प्रतिशतमा झार्ने लक्ष्यका साथ सुरू गरिएको अभियानका कारण माघ महिना सम्ममा नन फायलनर करदाताको सङ्ख्या ५९ प्रतिशतमा झरेको छ । यस्तै केही महिना अघि सम्म रू ६५ करोड बक्यौता सङ्कलन गर्न बाँकी रहेकोमा अभियान सञ्चालन भएपछि बक्यौता पनि रू ४५ करोडमा झरेको प्रमुख कर अधिकृत सुवेदीले बताउनु भयो ।  
        
    अभियानका क्रममा सो कार्यालयले अन्तःशुल्क ऐन अन्तर्गत इजाजत लिएका करदाताले साउन महिनाभित्र नवीकरण नगरेका दुई सय ३९ करदातालाई एसएमएस पठाएको छ । यस्तै आयकर विवरण पेस नगरी नन फायलर रहेका १० हजार दुई सय तीन करदाताको मोबाइलमा एसएमएस पठाइएको प्रमुख सुवेदीले बताउनुभयो । 
        
    मूल्य अभिवृद्धि कर ऐनअनुसार विवरण पेस गरी एक लाख भन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता रहेका करदातालाई बक्यौता दाखिला गर्न एसएमएस पठाइएको उहाँको कथन छ । यसबाहेक मूल्य अभिवृद्धि करतर्फ नन फायलर रहेका करदातालाई मूल्य अभिवृद्धि कर विवरण पेस गर्न प्रत्येक महिनाको २६ गते फोन तथा पत्र पठाउने गरिएको उहाँले बताउनुभयो ।  

    यसका साथै ती करदाताको नामावली सहित आय विवरण बुझाउन र बक्यौता असुलीका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताउनुभयो । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्री गरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको सङ्ख्या बढी देखिएको हुनसक्ने उहाँको कथन छ ।
        
    दर्ता भएर पनि लामो समय देखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिने तयारी गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताउनुभयो । “पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाउँछौँ”, प्रमुख कर अधिकृत सुवेदीले भन्नुभयो, “फागुन महिनासम्म छुट सुविधा पनि दिइएको छ, त्यो बेलासम्म धेरै कर बुझाउँछ भन्ने हाम्रो विश्वास छ ।” फागुन महिनासम्म पनि बक्यौता नबुझाउने करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।” 
        
    लक्ष्यको ८१ दशमलव ४४ प्रतिशत राजस्व सङ्कलन

    images
    images

    आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा रू तीन अर्ब ७० करोड ९१ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८१ दशमलव ४४ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा रू चार अर्ब ५५ करोड ४२ लाख नौ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू तीन अर्ब ७० करोड ९१ लाख ४२ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । 
        
    यही साउन देखि माघ महिना सम्मको अवधिमा अन्तशुल्कतर्फ रू दुई अर्ब १२ कारेड १६ लाख २९ हजार, आयकरतर्फ रू ६५ करोड ५८ लाख ८१ हजार, मूल्यअभिवृद्धि करतर्फ रू ५० करोड ४७ लाख ९३ हजार, स्वास्थ्य जोखिम करतर्फ रू ३५ करोड ६७ लाख ३१ हजार, ब्याजकरतर्फ रू पाँच करोड ९१ लाख तीन हजार र बहालकरतर्फ रू एक करोड १० लाख छ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताउनुभयो । 
         
    प्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ मा रू आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकर तर्फ ३३ हजार पाँच सय ९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्क तर्फ एक हजार पाँच सय ९८, ‘विथहोल्ड’तर्फ सात सय ११ र व्यक्तिगत तर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् । 
        
    पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइ जस्ता कारणले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend