images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • यस साता नेप्सेमा २१.३४ अंकको ...

यस साता नेप्सेमा २१.३४ अंकको गिरावट, कुन दिन कति भयो कारोबार ?

यस साता नेप्सेमा २१.३४ अंकको गिरावट, कुन दिन कति भयो कारोबार ?

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । यस साता नेप्से परिसूचक २१.३४ ले घटेर २६७८.४७ अंकको विन्दुमा पुगेको छ। यस हप्ता सेयर पाँचै दिन खुलेका थियो । गत साता २६९९ बिन्दुमा भएको बजार यो साता २१.३४ ले घटेर २६७८.४७ अंकको विन्दुमा पुगेको छ। साताको पहिलो दिन आइतबार नेप्से ११.४९ अकंले घट्यो, सोमबार १०.९८ अंकले घट्यो, मंगलबार ६.५४ अंकले बढ्यो, बुधबार १.८६ अंकले बढ्यो र बिहीबार ७.२६ अंकले घट्यो । यस साता पाँच कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको हो भने तिन कारोबार दिन नेप्से घटेको थियो ।

    images
    images

    यो साता आइतबार ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भयो  । सोमबार ६ अर्ब ९६ करोड, मंगलबार ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० , बुधवार ८ अर्ब ७२ करोडको कारोबार भयो भने बिहीबार घटेर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो । साताको पहिलो कारोबार दिन नेप्से ११.४९ अकंले घटेर २६८८.३१ को विन्दुमा कायम भएको थियो । त्यस दिन  नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ५८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो । 

    साताको दोस्रो कारोबार दिन नेप्से १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो ।साताको तेस्रो कारोबार दिन नेप्से ६.५४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँको कारोबार भएको थियो ।

    images
    images

    साताको चौथो कारोबार दिन १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको कारोबार भएको थियो ।साताको अन्तिम कारोबार दिन नेप्से ७.२६ अंकले घटेर २६७८.४७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend