काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज शुक्रबार ७५ लाख कित्ता शेयर सूचीकृत भएको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको ७५ लाख कित्ता हकप्रद शेयर आज सूचीकृत भएको हो ।
कम्पनीको मंसिर १६ गते हकप्रद शेयर बिक्री खुलाएको थियो । कम्पनीले तत्कालिन चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो ।सोहि ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।




.gif)





