images

२०८३ आश्विन ३० गते

images
images
images

पियोर इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

पियोर इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

    images
    images

    कम्पनीले १६ लाख कित्ता शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो र अनुमति पाएको छ। यसबाट पियोर इनर्जी लिमिटेडले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर बजारमा ल्याउनेछ।

    वर्तमानमा कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ, जसको ८० प्रतिशत संस्थापकको स्वामित्वमा छ। अब कम्पनीले २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो।

    images
    images

    कम्पनीको आईपीओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धकको रूपमा कार्य गर्दैछ। पियोर इनर्जी लिमिटेडको आईपीओ निष्कासनले सर्वसाधारणका लागि थप लगानीको अवसर खुलाउने अपेक्षा गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend