images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • दुई लघुवित्त कम्पनीले पाए एफपीओ निष्कासनको...

दुई लघुवित्त कम्पनीले पाए एफपीओ निष्कासनको स्वीकृति

दुई लघुवित्त कम्पनीले पाए एफपीओ निष्कासनको स्वीकृति

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । दुई लघुवित्त कम्पनीलाई नेपाल धितोपत्र बोर्डले थप सार्वजनिक निष्कासन (एफपीओ)का लागि स्वीकृति दिएको छ ।बोर्डले स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।

    images
    images

    स्वरोजगार लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १३ रुपैयाँ छ ।

    त्यस्तै विन नेपाल लघुवित्तले अंकित मूल्य १ सयका  दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ७०५ रुपैयाँ छ ।सर्वसधारण समूहमा ३० प्रतिशत सेयर पुर्‍याउनका लागि दुई कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend