काठमाडौं- "हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ" भन्ने नाराका साथ अघि बढिरहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूको हितलाई उच्च प्राथमिकता दिँदै माघ महिनामै ५ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।बीमितहरूको विश्वासलाई मजबुत बनाउँदै कम्पनीले १४७ वटा बीमा दाबी भुक्तानी गर्दै उक्त रकम वितरण गरेको हो। बीमा सेवाको भरपर्दो प्रवाह गर्दै आएको सूर्यज्योति लाइफले दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिँदै आइरहेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा १३ सय ९९ वटा दाबी भुक्तानी गर्दै ४९ करोड २९ लाख रुपैयाँ वितरण गरिसकेको छ।बीमितहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कम्पनीले बीमा दाबी प्रक्रियालाई छरितो, सहज र पारदर्शी बनाउँदै आएको छ। सुरक्षण र सन्तोषको प्रत्याभूति दिलाउने आफ्नो प्रतिबद्धतालाई कम्पनीले पुनः एकपटक प्रमाणित गरेको छ।
बीमा दाबी भुक्तानीलाई सहज, सरल र समयमै प्रदान गर्दै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स भविष्यमा पनि आफ्ना बीमितहरूको हितका लागि उस्तै प्रतिबद्धताका साथ अघि बढ्ने जनाएको छ।




.gif)





