images

२०८३ आश्विन २१ गते

images
images
images

त्रिवि मैदानको प्यारापिट र फ्लडलाइट ८५ करोडमा बन्ने गरी बोलपत्र स्वीकृत

त्रिवि मैदानको प्यारापिट र फ्लडलाइट ८५ करोडमा बन्ने गरी बोलपत्र स्वीकृत

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लसडलाइट जडानका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ।शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार गत मंसिर ५ मा आह्वान गरिएको सूचनाअनुसार दर्ता भएका बोलपत्र मध्येबाट अन्तर्राष्ट्रिय मापदण्डको प्यारापिट र फ्लडलाइट जडानका लागि छुट्टा छुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको हो।

    images
    images

    प्यारापिटका लागि बिकेओआई-केसिडिसी-बिजी जेभी, टंगलले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रूपैयाँको बोलपत्र स्वीकृत भएसँगै ठेक्का पाएको छ।फ्लडलाइट जडानका लागि ललितपुरको विशन-इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ। कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो।

    सार्वजनिक खरिद ऐनअनुसार ठेक्का पाएका कम्पनी र अरु विवरणको सार्वजनिक सूचना प्रकासित गर्नु पर्छ। त्यहिअनुसार त्रिवि मैदानको प्यारापिट र फ्लडलाइटका ठेक्का पाएका कम्पनीको नाम प्रकासित गरिएको हो। 

    images
    images

     



     



    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदभार ग्रहणपछि त्रिवि मैदानको स्तरोन्नती गर्ने निर्णय गरेका थिए। सोहिअनुरुप शहरी विकास मन्त्रालयले डिपिआर तयार गरेर ठेक्का आह्वान गरेको थियो।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend