images

२०८३ आश्विन २० गते

images
images
images

काठमाडौं बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं ।  आज काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये दोस्रो स्थानमा पुगेको छ। काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १८३ पुगेको छ, जसले वायुको गुणस्तर निकै खराब भएको संकेत दिन्छ।आइक्युर एयरका अनुसार,  पाकिस्तानको कराँची सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । कराँचीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२४ पुगेको छ । दोस्रो नम्बरमा चीनको वुहान सहर छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८१ पुगेको छ । पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ। यसैबीच, पोखराको एक्युआइ पनि २४४.२१ पुगेको छ, जसले प्रदूषणको अवस्था गम्भीर बनाएको छ।

    images
    images

    विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, एक्यूआई ३५ भन्दा कम हुनु पर्छ, र ५० एक्यूआईसम्मलाई सामान्य मानिन्छ। ५० एक्यूआई भन्दा माथिको वायु अस्वस्थकर मानिन्छ। चिकित्सकका अनुसार, वायु प्रदूषणले फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। यस कारणले विशेषज्ञहरूले नागरिकलाई सजग रहन र प्रदूषणको स्तरलाई नियन्त्रण गर्नका लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend