images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • एनआईसी एशिया बैंक चार कम्पनीको साढे...

एनआईसी एशिया बैंक चार कम्पनीको साढे ११ लाख बढी कित्ता सेयर बेच्दै , सबैले किन्न पाउने

एनआईसी एशिया बैंक चार कम्पनीको साढे ११ लाख बढी कित्ता सेयर बेच्दै , सबैले किन्न पाउने

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  •  काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको साढे ११ लाख बढी कित्ता सेयर आज माघ २९ गतेबाट बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले सबैले किन्न पाउने गरी  सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र नेपाल इन्फ्रान्सट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो।

    बैंकले बिक्रीमा राखिएको सेयरहरूको न्यूनतम मूल्य प्रतिकित्ता क्रमशः ६९० रुपैयाँ, २७३ रुपैयाँ, १६५ रुपैयाँ र १०५ रुपैयाँ तोकेको छ।सीआईटीको सेयर किन्दा घटीमा १० हजार कित्ता र अन्य सबै कम्पनीको सेयर किन्दा घटीमा ५ हजार कित्ता किन्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ता किन्न सकिने व्यवस्था गरिएको छ। 

    images
    images

    यो सेयरमा योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ६ गतेसम्म रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend