images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • करिब १८ लाख कित्ता कित्ता सेयर...

करिब १८ लाख कित्ता कित्ता सेयर बेच्दै बलेफी हाइड्रो, प्रतिकित्ता मूल्य कति ?

करिब १८ लाख कित्ता कित्ता सेयर बेच्दै बलेफी हाइड्रो, प्रतिकित्ता मूल्य कति ?

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  •  काठमाडौं । बलेफी हाइड्रोपावरले करिब १८ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । हाइड्रोपावरले आउदो फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्ने भएको हो ।

    images
    images

    कम्पनी गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो ।अथात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

    उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयर फागुन १९ गतेसम्म बिक्री खुला रहनेछ ।

    images
    images

    इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र त्यसको मूल्य समेत तोकि बोलपत्र आवेदन बुझाउनु पर्नेछ। यस्तो आवेदन फाराम एनआईएमबि एस क्यापिट लिमिटेडको काठमाडौं कार्यालय सहित पोखरा, बुटवल, वीरगंज र विराटनगरमा रहेको शाखा कार्यालयमा पाइनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend