images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • विशाल बजार कम्पनीको एक दशकपछि वार्षिक...

विशाल बजार कम्पनीको एक दशकपछि वार्षिक साधारणसभा, सेयरधनीलाई १४% नगद लाभांश घोषणा

विशाल बजार कम्पनीको एक दशकपछि वार्षिक साधारणसभा, सेयरधनीलाई १४% नगद लाभांश घोषणा

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं ।  करिब एक दशकपछि विशाल बजार कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ, जसले सेयरधनीहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ।माघ २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा भाग लिन र लाभांश प्राप्त गर्न फागुन ९ गते बुक क्लोज गरिनेछ। फागुन ८ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images

    सभाले सर्वोच्च अदालत र उच्च अदालत पाटनको आदेशअनुसार कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेख गरिएको कम्पनीको सेयर पुँजी ४ अर्ब १ करोड रुपैयाँ अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनी ऐन २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली परिमार्जन तथा पसलकवलसँगको सेयर गाभी स्वतः नविकरण हुने सम्झौता खारेज गर्ने प्रस्ताव समेत राखिएको छ।साधारणसभामा कम्पनीको सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरिनेछ। साथै, लेखा परीक्षकद्वारा सम्पन्न आर्थिक वर्ष २०७०-०७१ देखि २०७५-०७६ सम्मका आर्थिक विवरण तथा प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ।

    त्यस्तै, आगामी आर्थिक वर्ष २०८०-०८१ र २०८१-०८२ का लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ। साथै, कम्पनी सञ्चालक समितिका सदस्यहरूको आर्थिक वर्ष २०७५-७६ सम्मको भत्ता एवं सुविधाहरू अनुमोदन गरी निरन्तरता दिने विषयमा पनि छलफल हुनेछ।विश्लेषकहरूका अनुसार, विशाल बजार कम्पनीको यो निर्णयले सेयरधनीहरूलाई दीर्घकालीन फाइदा पुग्नेछ र कम्पनीको वित्तीय पारदर्शिता तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend