images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक...

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ ।सोमबार एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो । सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ ।

    images
    images

    सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् । प्रकाशित सूची अनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ ।

    कलेजले अस्पताल तथा सम्बन्धित विषयमा अनुभव हासिल गरेकाहरुलाई प्राथमिकता दिने जनाएको छ । इच्छुक उम्मेदवारले आफ्नो ब्यक्तिगत बायोडाटा इमेल मार्फत पठाउनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारलाई कलेज प्रशासनले अन्तरवार्ताका लागि बोलाउने छ ।

    images
    images

    स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँन थप जनशक्तिहरु माग गरिएको हो । कलेजले चाँडै क्याथ ल्याब समेत सञ्चालन गर्न गइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend