images

२०८३ आश्विन १९ गते

images
images
images

बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति गरिने

बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति गरिने

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • मनाङ । हिमाली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्रै बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनी पहिरोको जोखिममा रहेको यो सडक चालु आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ ।

    images
    images

    सरकार र अन्य सरोकारवाला निकायसँगको समन्वय तथा साझेदारीमा सडक कालोपत्रसहित स्तरोन्नति प्रक्रिया अघि बढेको सांसद गुरुङले बताए । उनले भने, “मनाङका स्थानीयवासी र पर्यटकलाई सहज बनाउनेगरी सडक कालोपत्र हुने भएको छ ।”

    सडक कालोपत्र गर्न डुम्रे–बेँसीसहर–चामे सडक योजनासँग मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनाले पनि सहकार्य गर्ने भएका छन् । सडक विस्तार तथा स्तरोन्नति गर्न दानाक्युमा रहेको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सहमत भएको छ ।

    images
    images

     भौगोलिक विकटतासँगै साँघुरो र पहिरोको जोखिम रहेको सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम भएका स्थानमा ढलान र अन्य स्थानमा कालोपत्र गरिनेछ ।

    हिउँद वर्षा दुवै याममा साना तथा ठूला सवारीसाधन सहजै आवतजावत गर्नसक्ने गरी सडक विस्तार गर्नेगरी योजना निर्माण भइरहेको छ।

    दुई वर्षअघि बेँसीसहरदेखि खुदीसम्म करिब आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । यस सडकखण्डअन्तर्गतका अधिकांश भाग जोखिमपूर्ण र विस्तार गर्नुपर्ने अवस्थाका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend