images

२०८३ आश्विन २५ गते

images
images
images

माछापुच्छ्रे क्यापिटलद्वारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

माछापुच्छ्रे क्यापिटलद्वारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते र राष्ट्रिय बीमा संस्थानको संयुक्त आयोजनामा नुवाकोट जिल्लाको तादी गा.पा. वडा नं. ६ चामोट स्थित श्री सीता धर्म आधारभूत विद्यालयका १०४ बालबालिकालाई शैक्षिक सामाग्री, स्कुल ब्याग, ट्राक सुट, खेलकुद सामाग्री लगायतका आवश्यक सामाग्री वितरण गरिएको छ।

    images
    images

    कार्यक्रममा माछापुच्छ्रे क्यापिटल लिमिटेडका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार विशेष उपस्थित थिए। विद्यालयका वाल विकास कक्षाबाट कक्षा ८ सम्मका विद्यार्थीहरूले यस अवसरमा शैक्षिक सामाग्री प्राप्त गरे।

    माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा माघ महिनाभर रक्तदान, वित्तीय साक्षरता, घरदैलो कार्यक्रम, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई सहयोग, र आफ्ना सेवामा छुट लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइरहेको छ।

    images
    images

    माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र यसले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, सामूहिक लगानी कोष लगायतका सेवाहरू प्रदान गर्दै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend