images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • निर्जीवन बीमा कम्पनीहरूको लगानी ६८ अर्ब,...

निर्जीवन बीमा कम्पनीहरूको लगानी ६८ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीहरूको लगानी ६८ अर्ब, कुनको कति ?

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं ।  नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा कुल ६८ अर्ब ७४ करोड रुपैयाँको लगानी गरेका छन्। 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको  चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा कुल ६८ अर्ब ७४ करोड लगानी गरेका छन् । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरूमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी लगानी रहेको छ । समीक्षा अवधिमा कम्पनीको विभिन्न क्षेत्रमा कुल आठ अर्ब ६१ करोड रुपैयाँ लगानी रहेको छ । कम्पनीले शिक्षा, बैंकिङ, र पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै गएको जनाएको छ। 

    दोस्रो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको विभिन्न क्षेत्रमा कुल आठ अर्ब १२ करोड रुपैयाँ लगानी रहेको छ ।साथै, अन्य प्रमुख कम्पनीहरु जस्तै नेको इन्स्योरेन्सको छ अर्ब ५३ करोड रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छ अर्ब ४८ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको पाँच अर्ब २१ करोड ७ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पाँच अर्ब ६ करोड रुपैयाँ लगानी गरेका छन्।

    images
    images

    साथै, चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा नेपाल इन्स्योरेन्सको चार अर्ब ७८ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको चार अर्ब ७६ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको तीन अर्ब ९५ करोड, द ओरिएन्टल इन्स्योरेन्सको तीन अर्ब ७८ करोड र सानिमा जिआईसी इन्स्योरेन्सको तीन अर्ब ४७ करोड रुपैयाँ बराबरको विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

    समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सको विभिन्न क्षेत्रमा दुई अर्ब ७७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको दुई अर्ब ६८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सको दुई अर्ब ४९ करोड रुपैयाँ लगानी रहेको छ । कम्पनीहरूले शिक्षा, पूर्वाधार र विविध सार्वजनिक लगानीमा जोड दिइरहेको प्राधिकरणले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend