images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • तनहुँमा ड्रागन फ्रुट बिक्रीबाट वार्षिक...

तनहुँमा ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी

तनहुँमा ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • तनहुँ-जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले ड्रागन फ्रुट फल बिक्रीबाट गत वर्ष १६ लाख रूपैयाँ आम्दानी गरेकी छिन्। नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ लाख रूपैयाँ आम्दानी गरेकी हुन्।

    images
    images

    ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताइन्। ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिइन्।

    'मासिक २० हजार रूपैयाँ बुझाउने सम्झौताअनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिकरुपमा खेती गर्दै आएको छु', गौलीले भनिन्। अघिल्लो वर्ष १६ लाख रूपैयाँ बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यसवर्ष फल राम्रो लागेकाले २० लाख रूपैयाँ बराबरको बिक्री हुने अपेक्षा गरेको गौलीले बताइन्। 'बैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ', गौली भन्छिन्, 'असारदेखि मङ्सिर छ महिनासम्म फल टिप्न सकिन्छ।'

    images
    images

    यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनले जानकारी दिइन्। उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ। 

    अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन्। बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन्। 'ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन्। उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ', उनले भनिन्।

    गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन्। उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम पाँचसय रूपैयाँदेखि सातसय रूपैयाँसम्म बिक्री गर्ने गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend