images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • एसियन हाइवे निर्माणले गति लिँदै, अन्तर्राष्ट्रिय...

एसियन हाइवे निर्माणले गति लिँदै, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ सम्भावना

एसियन हाइवे निर्माणले गति लिँदै, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ सम्भावना

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडाैं । नेपालसहित एसियाली राष्ट्रहरूलाई जोड्ने महत्वाकांक्षी आयोजना ‘एसियन हाइवे’ निर्माणले तीव्रता पाएको छ। आधुनिक पूर्वाधार निर्माणको मार्गचित्रअनुसार अगाडि बढाइएको यस आयोजनाको पहिलो वर्षमै १२ प्रतिशत कार्य सम्पन्न भइसकेको छ।

    images
    images

    एसियन हाइवे नम्बर २ अन्तर्गत काँकरभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नतिको लक्ष्य रहेपनि हालसम्म ९५.७६ किलोमिटर सडकको ठेक्का लागी निर्माण कार्य जारी छ। पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरिएका सडक परियोजनाको एक भाग दमकस्थित कार्यालयले तथा अर्को भाग इटहरीस्थित कार्यालयले संयोजन गरिरहेको छ।

    आयोजना प्रमुखहरूका अनुसार चालु आर्थिक वर्षभित्रै कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ। पूर्वी खण्डका प्रमुख सुनिलबाबु पन्तका अनुसार दमक कार्यालयले निर्धारित लक्ष्य पूरा गर्न सक्रियताका साथ काम गरिरहेको छ। त्यस्तै, इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पश्चिम खण्डमा पहिलो चरणको १० किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको जानकारी दिनुभयो।

    images
    images

    नेपाल हुँदै भारत तथा बङ्गलादेश जोड्ने एसियन हाइवेले अन्तर्राष्ट्रिय व्यापारका ढोका खोल्ने अपेक्षा गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार यस आयोजनाले आयात-निर्यात प्रक्रियालाई सहज बनाउने मात्र नभई ग्रामीण व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अवसर सिर्जना गर्नेछ।बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकरभिट्टा प्रवेश गर्ने एसियन हाइवे पश्चिमतर्फ दिल्लीहुँदै पाकिस्तानको कराँचीसम्म जोडिनेछ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि निर्माण कार्य सुरू गरिएको हो। यसका लागि अनुमानित लागत ३० करोड अमेरिकी डलर रहेको छ।

    ९५.७६ किलोमिटर सडक खण्डभित्र साना-ठूला गरी ४८ वटा पुल, १० ओभर पास, र १४० बक्स कल्भर्टको निर्माण हुँदैछ। पूर्वी खण्डमा २१ वटा पुल बनिरहेका छन् भने पश्चिम खण्डमा पर्ने तीन ठूला पुल—रतुवा, बक्राहा र लोहन्द्राको फाउन्डेसनको कार्य पूरा भइसकेको छ।यस सडकलाई तीन भागमा वर्गीकरण गरिएको छ— बजार क्षेत्र, जङ्गल क्षेत्र, र ग्रामीण क्षेत्र। बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर, र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण गरिंदैछ। विशेष गरी शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, तथा आधुनिक ढल निकास प्रणालीसहितको सडक निर्माण हुनेछ।

    निर्माण कार्य तीव्र भए पनि बिजुलीका खम्बाहरू बाधक बनेका छन्। तर, विद्युत् प्राधिकरणसँग समन्वय गरी समस्या समाधान गरिने आयोजनाका प्रमुखहरूले बताएका छन्। साथै, झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक क्षेत्रमा ओभर पास निर्माण गरिने योजना छ।एसियन हाइवेले दक्षिण एसियाली क्षेत्रीय व्यापार र आवागमनलाई नयाँ गति दिनेछ। तीन वर्षभित्र पूरा हुने लक्ष्यसहित अगाडि बढाइएको यस आयोजनाले नेपालको पूर्वाधार विकासलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend