काठमाडौं । नेपालका १४ जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रहरूमा कुल सात खर्ब तीन अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरूले नियामक निकायको अधीनमा रहेका विभिन्न क्षेत्रमा कुल सात खर्ब तीन अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको हो ।
नेपाली जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी लगानी गर्ने कम्पनीको रुपमा देखिएको छ। यस कम्पनीले एक खर्ब ८२ अर्ब ५५ करोड रुपैयाँको लगानी गरेको छ, जसमा शिक्षा लगायतका विभिन्न क्षेत्रहरूको समावेश छ। त्यस्तै, एलआइसी नेपालले चालु आवको पुष मसान्तसम्मको अवधिमा विभिन्न क्षेत्रमा एक खर्ब सात अर्ब ६ करोड रुपैयाँ रहेको छ ।
साथै हिमालयन लाइफको ७२ अर्ब ४३ करोड रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ६६ अर्ब २३ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ६० अर्ब ४३ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी रहेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सले ४३ अर्ब ७४ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३७ अर्ब ४१ करोड रुपैयाँ, मेट नेपाल लाइफले २९ अर्ब २५ करोड रुपैयाँ, र सिटिजन लाइफ इन्स्योरेन्सले २१ अर्ब ६९ करोड रुपैयाँको लगानी गरेको देखिएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २० अर्ब १२ करोड रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले १६ अर्ब ७६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ अर्ब ६६ करोड रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ११ अर्ब ३८ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ८ अर्ब ५४ करोड रुपैयाँको लगानी गरेका छन्।




.gif)





