images

२०८३ आश्विन २१ गते

images
images
images

पथलैयामा राजस्व चुहावटका घटना बढे, आठ वटा मुद्दा अदालतमा

पथलैयामा राजस्व चुहावटका घटना बढे, आठ वटा मुद्दा अदालतमा

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका घटना बढेका बताएको छ । कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा अदालतमा दर्ता गरेको छ । 

    images
    images

    कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा रु ५४ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको थियो । उक्त कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको बताए । 

    कार्यालयले चालु आवको छ महिनामा चुहावट धरौटी रकम रु दुई करोड ९८ लाख सङ्कलन गरेको छ । गत आवको सोहीे अवधिमा रु एक करोड ५२ लाख धरौटी राज्य कोषमा दाखिला भएको थियो । साथै गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटीएस जरिवाना रकम पनि रु १२ लाख ४३ हजार बढी सङ्कलन भएको छ । रासस

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend