images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • सिद्धार्थ प्रिमियरले लाभांश पारित गर्न ...

सिद्धार्थ प्रिमियरले लाभांश पारित गर्न बोलायो साधारण सभा

सिद्धार्थ प्रिमियरले लाभांश पारित गर्न बोलायो साधारण सभा

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एकतीसौं वार्षिक साधारण सभा आउँदो फागुन १५ गते बिहीबार बोलाएको छ। 

    images
    images

    कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। 

    यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक बैठक भत्ता वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजका आधारमा फागुन १ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend