images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.७३ प्रतिशत...

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.७३ प्रतिशत बढ्यो

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.७३ प्रतिशत बढ्यो

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.७३ प्रतिशत वृद्धि भएकोे छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो नाफा देखाएको हो। कम्पनीले यो अवधिमा ३७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवमा ३४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ। गत आवमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १२ अर्ब २१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ।

    गत आवको दोस्रो त्रैमास सम्म ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार बढेर चालू आवमा ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ। कम्पनीले दास्रो त्रैमास सम्म रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ सञ्चित गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend