images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • २७औं वर्षमा सिद्धार्थ हस्पिटालिटी, विदेशमा सेवा...

२७औं वर्षमा सिद्धार्थ हस्पिटालिटी, विदेशमा सेवा विस्तारको लक्ष्य

२७औं वर्षमा सिद्धार्थ हस्पिटालिटी, विदेशमा सेवा विस्तारको लक्ष्य

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं ।नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश गरेको छ।सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरू भएको कम्पनीको यात्रा यति बेला मुलुकभर फैलिएको छ।वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ)कृष्ण न्यौपानेले मुलुकको पर्यटन प्रवर्द्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनाका साथ सिद्धार्थ ग्रुपले 'भिजन २०३०' मा काम गरिरहेको बताए।

    images
    images

    उनले सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको पनि जानकारी दिए। 'हाल हामी नेपालका विभिन्न स्थानका साथै भारतमा समेत होटल सञ्चालनको तयारी गरिरहेका छौँ, त्यसपछि अन्य देशमा पनि सेवा विस्तार गर्ने योजना छ,' उनले भने।सिद्धार्थ हस्पिटालिटी पछिल्लो वर्षमा आतिथ्यताको क्षेत्रमा गुणस्तरीयताको पर्याय बनेको छ। जसलाई गत वर्ष प्राप्त विभिन्न सम्मानले पुष्टि गर्ने कम्पनीको भनाइ छ।

    गत वर्ष मात्रै पृथ्वी राजमार्गको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट उत्कृष्ट रिभर साइड रिसोर्टको अवार्डबाट सम्मानित भएको थियो।साथै बौद्धस्थित सिद्धार्थ बुटिक होटलले उत्कृष्ट बुटिक होटलका रुपमा साटा अवार्ड प्राप्त गरेको थियो।सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले कर्णाली प्रदेश सरकारबाट उत्कृष्ट एचआर प्राक्टिस (मानव संसाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो। त्यस्तै विभिन्न आउलेटहरू उत्कृष्ट सेवा र आतिथ्यताका लागि ट्राभलर च्वाइस अवार्डबाट समेत सम्मानित भएका थिए।

    images
    images

    सिद्धार्थले लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरू गरेको छ। साथै सिद्धार्थले सुर्खेतको होटलबाट कर्णालीमा उत्पादन हुने अर्गानिक खाद्यान्न पनि प्रवर्द्धनमा जोड दिँदै आएको छ।मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दैछ।त्यति मात्रै होइन, धनगढीमा पाँचतारे होटलको योजना अगाडि बढाएको छ।

    सिद्धार्थले बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालन गरेको छ, जसमा वाटर पार्क र यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ। हाल रेष्टुरेन्टको काम पूरा भइ सञ्चालनमा आइसकेको छ भने आगामी असारसम्ममा बाँकी काम पूरा हुने जनाइएको छ।कम्पनीले धनगढीमै प सिद्धार्थ कटेज निर्माण गरिरहेको छ। पाहुनाहरूलाई शान्त वातावरण खुला बगैँचा, आधुनिक सुविधासहित रेस्टुरेन्ट र वाटर पार्क साथै यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ।

    साथै पर्यटकीय गन्तव्य इलाममा पनि कम्पनीको लग्जरी रिसोर्ट निर्माणको योजना बनाएको छ। रिसोर्टमा चियाबगानको दृश्य हेर्न पाइने भिल्ला, अर्गानिक फार्म–टु–टेबल भोजन, वेलनेस कार्यक्रमहरू र संस्कृतिक अनुभवहरू समावेश हुनेछन्।हाल सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन्।आतिथ्यको क्षेत्रमा सबैभन्दा बढी रोजगारी दिने समूहमध्ये सिद्धार्थ होस्पिटालिटी पनि एक हो।

    कम्पनीले हाल पाँच तारे होटलस्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डमा होटल सञ्चालनमा छन्।त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनीअन्तर्गत एस होटल सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सेवा प्रवाह गरिरहेको कम्पनीले आफ्नै होटल सञ्चालनका साथै अन्य होटल व्यवस्थापन गरिरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend